कृषि र पर्यटन पनि एउटा उद्योग भएकाले यसलाई उद्योगसँग जोड्नुपर्ने
तुलसीपुर, १२ असोज । लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रदेशमा उद्योगको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व अगाडि रहेको बताउनु भएको छ । कुनै दिन चुलोचौकामा सीमित महिलाहरु उद्योगको क्षेत्रमा ७० प्रतिशत सहभागिता रहेको भन्दै प्रशंसनिय रहेको उल्लेख गर्नुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर शाखाको साधारणसभालाई सम्बोधन गर्दै उहाँले कृषि र पर्यटन पनि एउटा उद्योग भएकाले यसलाई उद्योगसँग जोड्नुपर्ने बताउनुभयो ।

स्थानिय उत्पादनलाई पश्रय दिए मात्रै उद्योगको क्षेत्रमा गति लिन सकिने :दिपेश भण्डारी सहकोषाध्यक्ष तुलसीपुर उद्योग बाणिज्य संघ
उहाँले उद्यममा अगाडि बढ्न चाहने प्रदेशका नागरिकहरुको पहिचान र अध्ययन गर्न आवश्यक रहेको बताउदै यसका लागि स्थानिय वडा सरकार, पालिका सरकार, संघसंस्था र नागरिक अगुवाहरुले भूमिका खेल्न आग्रह पनि गर्नु भयो ।सरकारले घरेलु मार्फत तालिम दिनको लागि बजेट छुट्याइएको भएपनि योग्यता अनुसारका जनशक्ति नपाईने भएकोले योग्यता क्रम घटाएर तालिम दिनुपरेको बताउनुभयो । उहाँले बन्द हुने अवस्थामा रहेका उद्योगहरुको पहिचान गरि, के कारणले उद्योग बन्द हुने अवस्थामा पुगे भन्ने विषयमा सरकारसँग कुरा राखेमा आफुहरुले उद्योग सञ्चालनको लागि पहल गर्ने बताउनुभयो । उद्योगीले उत्पादन गरेका वस्तुहरु स्थानीय, जिल्ला र राष्ट्रियस्तरका बजारसंग समन्वय गरेर बिक्री गर्ने जिम्मेवारी सरकारको भएको उहाँले बताउनुभयो ।

सरकार प्रतिनिधि तथा कर्मचारीहरुले स्थानीय उत्पादनलाई आफै उपभोग गर्न आवश्यकता छ । उद्योगीहरुको समस्या पहिचान गरि काम गर्ने हो भन्ने लुम्बिनी प्रदेशको विकास गर्न, आर्थिक परिवर्तन, सामाजिक लगायतका अन्य क्षेत्रमा सफल लुम्बिनी बन्न सक्ने दावी गर्नु भयो । उहाँले स्थानीय सरकारले युवा बिदेश जानबाट रोक्नुपर्ने र युवाको आवश्यकता बुझेर लुम्बिनी सरकारलाई सहयोगको आग्रह गरेमा पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । अबको १० बर्षपछि सबै युवा विदेशिने अवस्था रहेको भन्दै यसलाई रोक्न उहाँँले सबैलाई आग्रह गर्नुभयो ।Photo by tekraj