Spread the love

नवलपरासी बर्दघाट सुस्ता पश्चिमका दुई सय घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण नारायणी नदीमा बढ्दै गएको बहावले यतिबेला नेपाल भारत सीमा विवादमा रहेको नेपाली भूमि दशगजा क्षेत्र उच्च जोखिममा परेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैयसवालले जानकारी दिएका छन् ।

उनका अनुसार तीन सय घरमध्ये दुई सय डुबिसकेका छन् । तीन ठाउँको बाँध फुटेको छ । थारुगाउँको उत्तरतिरको बाँध, शिव मन्दिर र झोलुङ्गे नजिकको पाँच नम्बरको बाँध फुटेको छ । उनले भने, त्यो पानी गाउँतिर सोझिएको छ । अहिले नै अवस्था नाजुक छ, रातिमा पानी थपियो भने यहाँको अवस्था कल्पनाभन्दा बाहिरको हुन सक्छ ।

उनले रातिको समयमा विद्युतले धेरै राहत दिएको बताए । अन्धकार हुन्थ्यो भने झन गाह्रो हुन्थ्यो । उज्याले भएका कारण सुरक्षित ठाउँमा जान सजिलो भएको उनले बताए ।

घरदेखि बाहिर निस्कन सक्ने अवस्था छैन्, पानीको मात्रा बढ्दै गएको छ, फोनले पनि त्यति काम गरेको छैन् हामीहरुले घरका छत र अग्ला ठाउँमा गएर बस्न आग्रह गरिरहेका छौँ, प्रवक्ता जैयसवालले भने ।

आज रातभरि जाग्राम
सुस्ता प्रहरी चौकीका अनुसार गाउँभरी पानी छ । पानी पसेर केही घरहरु ढलेका छन् । हालसम्म मानवीय क्षति भएको छैन । उनीहरु स्थानीयहरुलाई सूरक्षित स्थानमा बस्न र सचेत रहन भन्दै खटिएका छन् ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *