पीडितहरूलाई राहत र उद्धारका लागि कांग्रेसले ५० लाख सहयोग गर्ने

ByNews

२०८१ आश्विन १३, आईतवार १३:२० २०८१ आश्विन १३, आईतवार १३:२० २०८१ आश्विन १३, आईतवार १३:२०
Spread the love

काठमाडौं : नेपाली कांग्रेसले प्राकृतिक प्रकोपजन्य घटनामा राहत र उद्दार कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ। आज बिहान पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

बैठकले पीडितको सहयोगका लागि पचास लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने र यसका लागि सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ। कांग्रेसको जारी अभियान कोजाग्रत पूर्णिमासँग स्थगन गरी सबै भातृ संगठनलाई उद्दारमा खट्न निर्देशन दिएको छ।

यस्तै हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन पार्टीले गर्दै आएको चियापान कार्यक्रमसमेत स्थगन गरिएको प्रवक्ता महतले बताए। अवरुद्ध भएको सडकसञ्जाल छिटो मर्मत गर्दै चाडबाडका बेला सहज रुपमा घर जान सक्ने अवस्था बनाउनसमेत आग्रह गरेको प्रवक्ता महतले जानकारी दिए।

यस्तै, बैठकले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ। निर्वाचनमा पार्टीका तर्फबाट बन्ने उम्मेदवारहरुलाई टिकट वितरणको जिम्मा पनि बैठकले पार्टी सभापति देउवालाई नै दिने निर्णय गरेको छ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *