अग्रिम टिकट खुलेपछि गंगबु बसपार्कमा भिडभाड

ByNews

२०८१ आश्विन १३, आईतवार १३:२९ २०८१ आश्विन १३, आईतवार १३:२९ २०८१ आश्विन १३, आईतवार १३:२९
Spread the love

काठमाडौं सहित देशभर अविरल वर्षा भइरहँदा पनि यात्रुहरू भने झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका छन ।
अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, दाङ,सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

सरकारले अनलाइनमार्फत टिकट काट्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि छाता ओढेर लाइनमा बसेका हुन् । सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले आज बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको बताए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *