अध्यक्ष लम्सालले रातारात सदस्यता थपिएको र युनियका साथीहरुलाई बाहिर राखिएको बिरोधमा गर्नु परेको जबाफ दिएका थिए
दाङ, असोज १४ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिब लम्सालले नेपाल पत्रकार महासंघको निर्वाचन तिहारको बीचमा हुनुपर्ने बताएका छन् ।
रिपोटर्स क्लव दाङ नेपालले सोमबार दाङको अमेलियामा गरेको पत्रकार सम्मेलनमा बिभिन्न संघ संगठनहरुले बिभिन्न स्वार्थहरु त्यागेर महासंघलाई तिहारको बीचमै निर्वाचन गराउनका लागि सहयोगी भूमिका खेल्नु पर्ने बताएका हुन ।
शनिबार महासंघले जिल्ला अध्यक्षहरुको भेला आह्वान गरेको हुँदा त्यो भेलाले एउटा निकास निकाल्ने छ भन्ने आशावादी नेपाल प्रेस युनियन रहेको अध्यक्ष लम्सालले बताए ।
‘ अब सबै संगठनहरुले पनि आफ्ना स्वार्थहरु त्याग्न र अरुलाई दोष लगाएर हैन,’ उनले भने ‘ छिट्टै निर्वाचन गराउनका लागि महासंघलाई कसरी सघाउन सकिन्छ त्यसमा इमान्दारितका साथ नेपाल प्रेस युनियन लाग्छ र अरुपनि लाग्नु पर्छ ।’
रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लम्सालले महासंघले सुर्खेत जिल्लाबाट सुरु गरेको शुद्धिकरण अभियानमा धेरै काहरु गरेपनि त्यो निष्कर्ष किन पुग्न सकेन भन्ने जबाफ युनियनले नभइ महासंघले दिनुपर्ने बताएका थिए । ‘
कि महासंघले नेपाल प्रेस युयिनयले शुद्धिरकणमा असहयोग ग¥यो भनेर भन्न सक्नु पर्छ,’ उनले भनेका थिए ‘ हामीले त हाम्रा तेह्रसय बढी युनियका सदस्यहरु शुद्धिकरण पछि बाहिर जाँदापनि हामी निर्वाचनमा जान तयार थियौं र अहिले पनि छौं ।’
त्यसो भए बिगतमा युनियनले किन महासंघमा ताला बन्दी गरेको हो ? भन्ने प्रश्नमा अध्यक्ष लम्सालले रातारात सदस्यता थपिएको र युनियका साथीहरुलाई बाहिर राखिएको बिरोधमा गर्नु परेको जबाफ दिएका थिए ।
तत्कालिन समयमा सरकार गठबन्धनमा आवद्ध केही संगठनहरुले अनलाइन मार्फत नोमिनेसन लिने र प्रहरी लगाएर निर्वाचन गराउने तयारी गरेको हुँदा ताला बन्दी गर्न बाध्य हुनु परेको अध्यक्ष लम्सालले बताएका थिए ।
आम नागरिकको सूचनाको हक स्थापित गर्ने र लोकतन्त्रको एउटा बलियो खम्बाका रुपमा रहेको नेपाल प्रेस युनियनलाई कमजोर बनाउने षडेन्त्रका बिरुद्ध युनियन कहिलै चुप लागेर नबस्ने पनि उनले चेतावनी दिएका थिए ।
तालाबन्दी पछि तत्कालिन महासंघका अध्यक्ष बिपुल पोख्रेल र महासचिव रोशन पुरीले युनियनका छुटेका साथीहरुलाई महासंघमा ल्याउने प्रतिबद्धता जनाएपछि युनियन निर्वाचनमा जान तयार भएपनि निर्वाचन हुन नसकेको हुँदा युनियन निर्वाचनको बाधक छैन भन्ने स्पष्ट हुने अध्यक्ष लम्सालले दाबी गरे ।
‘अहिले जस्ले हामीलाई आरोप लगाइ रहेका छन बरु ती सगठनहरु नै निर्वाचनमा जान तयार छैनन् भन्ने स्पष्ट भएको छ,’ अध्यक्ष लम्सालले भने ‘ अहिले महासंघका कार्यबहाक अध्यक्षले बैधानिक बाटोबाट अध्यक्षहरुको भेला बोलाउनु भएको छ र अब त्यो भेलापछि छिटो भन्दा छिटो निर्वाचन तोकिनु पर्छ ।’
तर, अब छिटो भन्दा छिटो निर्वाचन हुनुपर्ने माग गरेका अध्यक्ष लम्सालले अब त्यसैका नाममा निर्वाचन लम्वाउन नपाइने बताएका थिए ।
त्यसका लागि निवर्तमान अध्यक्ष बिपुल पोख्रेलले हस्ताक्षर गरेको मतदाता नामाबली अनुसार महासंघको निर्वाचन हुनुपर्ने अध्यक्ष लामिछाने बताएका थिए । तर, उनले बिपुल पोख्रेलले हस्ताक्षर गरि सार्वजनिक गरेको नामाबलीपनि पूर्ण नभएको र थुप्रै लेख्ने पत्रकारहरु बाहिर रहेको हुँदा नयाँ कार्यसमिति आएपछि सुर्खेतबाट सुरु गरेको शुद्धिकरण अभियान फेरि चलाउनु पर्ने जोड दिएका थिए ।
महासंघको निर्वाचनले मात्रै आम नागरिकका संस्थाहरु र लोकतन्त्रलाई बलियो बनाउने उनको दाबी थियो ।