अमेरिकामा आँधीका कारण १ सयभन्दा धेरैको मृत्यु

ByNews

२०८१ आश्विन १४, सोमबार २०:४६ २०८१ आश्विन १४, सोमबार २०:४६ २०८१ आश्विन १४, सोमबार २०:४६
Spread the love

काठमाडौं, १४ असोज । अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको छ । आँधीको हावा, वर्षा र आँधीबेहरीले उत्तरी क्यारोलिना, दक्षिण क्यारोलिना, जर्जिया, फ्लोरिडा, टेनेसी र भर्जिनियामा गरेर कम्तीमा १ सय जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । आज बिहानदेखि आँधी र वर्षा रोकिएपछि खोजी अभियान तीव्र पारिएको छ । अमेरिकी खोज अधिकारीहरूले अझै धेरै शव भेटिन सक्ने अनुमान गरेका खबरमा उल्लेख छ ।

आँधी तथा बाढी पहिरोले दर्जनौं पुल, सडक, बिजुली, सञ्चार संरचना लगायत ध्वस्त बनाएको छ । २७ लाख जना मानिस बिजुलीविहिन अवस्थामा छन् । टेलिफोन सम्पर्क नहुँदा सयौं मानिसले अझै पनि आफन्तसँग सम्पर्क गर्न सकेका छैनन् । खानेपानीको पनि अभाव भएको छ । बीमा कम्पनी र पूर्वानुमानकर्ताहरूले १५ अर्बदेखि एक सय अर्ब डलरसम्म क्षति भएको बताएका छन् । उत्तरी क्यारोलिनाका गभर्नर रोय कूपरले यो इतिहासकै ठूलो र विनाशकारी विपत्ति भएको बताउनुभएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *