सिडिओसहितको टोली दाउन्नेमा पहिरो पन्छ्याउँदै,

ByNews

२०८१ आश्विन १५, मंगलवार ०६:३८ २०८१ आश्विन १५, मंगलवार ०६:३८ २०८१ आश्विन १५, मंगलवार ०६:३८
Spread the love

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएपछि प्रमुख जिल्ला अधिकारी सिडिओ स्किम श्रेष्ठसहितको टोली पहिरो पन्छ्याउन खटिएको छ। भारी वर्षाका कारण बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा हाइटेन्सन लाइनको पोल ढलेको र सडक भासिँदा यातायात अवरुद्ध भएसँगै जिल्लास्थित सुरक्षा प्रमुखहरू रातारात सुचारु गर्न लागेका हुन् ।

यातायात अवरुद्ध भएसँगै सयौँ यात्रु अलपत्र परेका छन्। स्थिति सामान्य बनाउनका लागि सिडिओ श्रेष्ठ जिल्लाका सुरक्षा प्रमुखहरू, नारायणगढ–बुटवल सडक खण्ड आयोजनाका प्रमुख तथा ठेकेदारहरूलाई समन्वय गर्दै घटनास्थलमा उपस्थित भएकी छिन्।

प्रजिअ श्रेष्ठले प्रशासनलाई जानकारी दिँदै भनिन्, “जिल्ला प्रशासनबाट ८ बजे दाइउन्नेतर्फ हिँडेको टोलीले अहिले पनि पहिरो हटाउने काम निरन्तर गरिरहेको छ।” घटनास्थलमा तत्कालै सडक सुचारु गर्ने प्रयास भइरहेको र सुरक्षा प्रमुखहरूको सक्रिय सहयोग रहेको बताइएको छ।

यो घटनाका कारण राजमार्गमा रहेका सयौँ यात्रुहरू बीच बाटोमै रोकिएका छन् भने यातायात पुनः सञ्चालन गराउने कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *