कोशीका राज्यमन्त्रीमाथि लुटपाटको प्रयास, ६ जना पक्राउ

ByNews

२०८१ आश्विन १७, बिहीबार ०५:१५ २०८१ आश्विन १७, बिहीबार ०५:१५ २०८१ आश्विन १७, बिहीबार ०५:१५
Spread the love

कोशी प्रदेशको राज्यमन्त्री सृजना राईमाथि लुटपाटको प्रयास भएको छ । उदयपुरको बेलका नगरपालिका– ८ स्थिति सिरवानी भन्‍ने स्थानमा मंगलबार राति लुटपाटको प्रयास भएको हो ।

बाढी प्रभावित क्षेत्रको अनुगमनपछि विराटनगर फर्कने क्रममा राति करिब १० बजेको समयममा ६ जनाको समूहले लुटपाटको प्रयास गरेको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुबेर खापुङले बताए ।

उनका अनुसार मध्यरातमा राज्यमन्त्री चढेको प्रदेश १–०४–००१ झ ००३२ नम्बरको गाडी रोकेर लुटपाट गर्न खोजका थिए । तर, चालकले गाडी नरोकेपछि सो समूहले गाडीमा ढुंगा प्रहार गरेको थियो । ढुंगाले लागे पनि गाडीमा क्षति पुगेको छैन ।

डिआइजी खापुङले भने , ‘राति लुटपाटकै उदेश्यले राज्यमन्त्रीको गाडीमाथि आक्रमण भएको हो । घटनाको जानकारी आएपछि ६ जना पक्राउ परेका छन्, थप अनुसन्धान गर्दैछौं ।’

राज्यमन्त्रीको गाडीमाथि आक्रमण भएको जानकारी आएपछि प्रहरीले आज बिहानबाट अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा स्थानीय आकाश राई, विशाल राई, थानवीर राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राई पक्राउ परेका हुन् । उनीहरुको साथबाट मंगलबार राति प्रयोग भएको एउटा टर्चलाइट र हसिया पनि बरादम गरेको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुले गाँजा बोकेको गाडी भन्दै रोक्ने प्रयास गरेका थिए, पछि राज्यमन्त्रीको गाडी भन्ने थाहा पाएपछि उनी त्यहाँबाट भागेका थिए ।

रातको समयमा पहिले पनि सो समूहले बाटो ढुकेर गाडी लुटपाटको प्रयास गर्ने देखिएको प्रहरीको दाबी छ । ‘त्यो बाटो गाँजा ओसारपसार हुँदो रहेछ, गाँजा बोकेको गाडीको आशंकामा रोकेर लुटपाट गर्न खोजेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो,‘ पहिलेदेखि नै समूह बनाएर बाटो ढुकेर बस्ने गरेको देखियो ।’

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *