दाङ, १७ असोज । दाङमा जुवा खेली रहेका ७ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूकुम पुर्वको भुमे गाँउपालिका वडा नम्बर ३ घरभई हाल घोराही १४ नयाँ बसपार्कमा कुमारी होटल संचालन गरी बस्ने ४० वर्षका बोधधन रोका, रूकुम पुर्व पुथाउत्तरगंगा ११ घरभई हाल घोराही १५ बस्नेत ४१ वर्षका रामचन्द्र बुढा, सोही ठाँउका ५६ वर्षका विष्णु बुढा,सोही ठाँउका ५७ वर्षका ज्योती बुढा रहेका छन् । यसैगरी घोराही १५ का ४३ वर्षका अम्मर घर्ती, रूकुम पुर्व पुथाउत्तरगंगा गाँउपालिका वडा नम्बर ११ घरभई हाल घोराही १४ बस्ने वर्ष ५६ का सुकलाल बुढा र घोराही १३ बस्ने वर्ष ४१ का दिपक बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिनुभएको छ ।
हिजो साँझ ५ बजेतिर घोराही उपमहानगरपालिका वडा नंम्बर १४ नयाँबसपार्क स्थित बोधधन रोकाले संचालन गर्दै आएको कुमारी होटलमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान गरीरहेको जनाएको छ । उनि हरुको साथबाट प्रहरीले तास खेल्न प्रयोग गरिएको तासको गड्डी ३ थान र नगद ५८ हजार ४ सय ५५ रुपैंया बरामद गरेको छ ।