शरद रेग्मी । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले निजीक्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनु भएको छ । बिहीबार तुलसीपुर उधोग वाणिज्य सङ्घले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लम्सालले जिल्लाको शान्ति सुरक्षा, सुसासन र विकासका सन्दर्भमा अडिग रहेर कार्य सम्पादन गर्ने बताउनु भयो ।
प्रजिअ लम्सालले निजी क्षेत्रको सहकार्यबाट राज्यलाई अर्थतन्त्र चलायमान गराउन मदत पुगिरहेको बताउनु भयो । राज्यले व्यवसायिहरूको सुरक्षा, प्रबर्दन र व्यवस्थापनमा प्रमुख प्राथमिकतामा राखेको समेत प्रष्ट पार्नु भयो । तुलसीपुर उधोग वाणिज्य सङ्घका अध्यक्ष वीनिल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख अर्जुन प्रसाद तिमिलसिनाले प्रहरी एक्लैले केही गर्न नसक्ने बताउनु भयो ।
उहाले शान्ति सुरक्षा कायम गर्न जनतासंग सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । सोअबसरमा तुलसीपुर उद्याग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल सिहं ठकुरि ,नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख शिव गोसाली लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वाणिज्य सङ्घका उपाध्यक्ष विश्व बस्नेतको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण महासचिव केशवराज केसीले गर्नुभएको थियो ।