तुलसीपुर , पुस १८ । नेपाल कम्युनिष्ट पार्टी बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका – १९ बाट बुधबार बेलुकी पख खड्कालाई प्रक्राउ गरिएको जिल्लाका एक प्रहरी अधिकारीले बताए ।
बिहीबार दिउँसो पत्रकार सम्मेलन गरि पक्राउ परेका खड्कालाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।
मंसिर ६ गते बिहान ९ घोराही उपमहानगरपालिका – १५ बिपी चोक निजकै ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधबा बस्नेतमाथि दुब्यबहार भएको थियो ।
एक समुहले दम्पत्तिको नाक काटेर भागेका थिए ।
त्यस्तै असोज २९ गते दिउँसो घोराही उपमहानगरपालिका– १४ लखन पार्क नजिकै बसोबास गर्ने दुर्गा पन्थमाथि एक समुहले कालोमोसो दलेर फरार भएको थियो ।
पन्थी ब्यबसायी तथा नेकपा एमाले दाङका जिल्ला सल्लाहकार सदस्य हुन । पन्थीमाथिको दुब्र्यबहारको घटनाको बिरोध गर्दै एमाले दाङले एक महिना पछि दोषीलाई पक्राउ गरि कानुनी कारबाही गर्न माग गरेको थियो ।
बस्नेत दम्पत्तिमाथिको दुब्र्यबहार र पन्थीमाथिको दुब्र्यबहार पछि नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्काले बिज्ञप्ति प्रकासित गरि घटनाको जिम्मा लिएका थिए ।
माथिका दुबै घटनाका पीडितहरु कोहीपनि प्रहरीमा गइ किटानी जाहेरी भने नदिएको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीले किटानी जाहेरीका लागि पीडितलाई आग्रह गर्दै आएको छ