घुस नदिइ नागरिकको कामै बन्दैन मन्त्री गुरुङ

ByNews

२०८१ पुष २०, शनिबार १९:०० २०८१ पुष २०, शनिबार १९:०० २०८१ पुष २०, शनिबार १९:००
Spread the love

काठमाण्डौ, २० पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले घुस नखुवाईकन नागरिकको कामै नबन्ने अवस्था रहेको बताउनुभएको छ । दीगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रधानमन्त्रीले घुस खान्न र खान दिन्न भने पनिआम मानिस घुस दिँदा हैरान भइरहेको बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलेले ‘म पनि घुस खान्न, अरूलाई पनि खान दिन्न’ भनेपनि नागरिकले घुस नखुवाइकन सजिलैसँग सरकारी सेवा नपाएको मन्त्री गुरुङको भनाइ छ ।

देशमा भ्रष्टाचार र घुस दिनुको पीडा नागरिकलाई मात्रै थाहा भएको र यो पीडा प्रधानमन्त्रीलाई थाहा नभएको सञ्चारमन्त्री गुरुङले बताउनुभयो । प्रधानमन्त्री जिल्लातिर गएको बेला पनि कार्यकर्ताले घेरेर राख्ने र नागरिकले समस्या राख्नै नपाउने समस्या रहेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *