Spread the love

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादी धारका नेताहरुले जिम्मेवारी नपाएको भन्दै प्रश्न उठेको छ । जारी बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य परशुराम अधिकारीले पूर्व माओवादी धारका नेताहरु उपेक्षामा पर्दै गएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

माओवादीबाट एमालेमा आएकाहरू अन्यायमा परेको अधिकारीले बताएका छन् । उनले पार्टीका विभिन्न कमिटीका आकार पनि सानो बन्न थालेको तथा सानो कमिटी पनि गुटमा बाँडिएको भन्दै गुनासो गरेका छन् । ‘अध्यक्ष ओलीनिकट गुट छ, संस्थापनइतर पनि छन्, माओवादी छाडेर एमालेमा आएकाहरू कुनै गुटमा छैनन्,’ उनले भने, ‘जिम्मेवारी पनि पाएका छैनन्। त्यसैले कतिपय साथीहरु पूरानै घरमा फर्किन थाल्नुभएको छ’

बैठकमा अधिकारीले नक्कली भुटानी शरणार्थी प्रकरण पनि उठाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व माओवादी नेता तथा एमालेका सचिव टोपबहादुर रायमाझी २ वर्षदेखि थुनामा छन् । तर सोही प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खान भने धरौटीमा रिहा भएका िथए । यस विषयमा पनि अधिकारीले प्रश्न उठाएका छन् । उनले कांग्रेसले खान छुटाउँदा एमालेले रायमाझीलाई किन छुटाउन नसकेको भन्दै प्रश्न उठाएका थिए ।

‘कांग्रेसले खाणलाई छुटायो, एमालेले टोपबहादुर रायमाझीलाई छुटाउन सकेन भनेर माओवादीले यो कुरा उठाउँदै साथीहरू माओवादीमै फर्काउन थालेको छ,’ उनले भनेको कुरा उद्दृत गर्दै स्रोतले भन्यो , ‘रायमाझी दोषी हो भने जेलमा, निर्दोष भए छोड्नुपर्‍यो। यसबारे सत्यतथ्य के हो सार्वजनिक गरियोस्।’

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *