पूर्वमेयर शिवाकोटी र वडाध्यक्ष साह जेल चलान

ByNews

२०८१ पुष २३, मंगलवार १२:२० २०८१ पुष २३, मंगलवार १२:२० २०८१ पुष २३, मंगलवार १२:२०
Spread the love

काठमाडौं । फरक/फरक अभियोगमा सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष धीरेन्द्र साह र झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान भएका छन् ।

ज्यान मुद्दामा सोमबार सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले वडाध्यक्ष साहसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो।

यता नावालीग वलात्कारको मुद्दामा मंसिर २४ मा पक्राउ परेका शिवाकोटी हिजोबाट जेल चलान भएका हुन् । झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको हो ।

अध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेको सम्बन्धी दुईवटा मुद्दा दर्ता भएको छ । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा जसपा नेपालबाट निर्वाचित भएका साह शपथग्रहरण समारोहबाटै गत मंसिर २० गते पक्राउ परेका थिए ।

०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित मेयर शिवाकोटी मंसिर २४ मा पक्राउ परेका थिए । यसअघि अदालतले उनलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । यद्यपि उनी २५ दिननै अस्पतालमा भनाए भएर बसेका थिए । शिवाकोटीमाथि आफ्नै घरमा काम गर्न बसेकी किशोरीलाई बलात्कार गरेको आरोप छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *