संसदीय समितिमा उजुरीको चाङ

ByNews

२०८१ पुष २४, बुधबार २१:२६ २०८१ पुष २४, बुधबार २१:२६ २०८१ पुष २४, बुधबार २१:२६
Spread the love

नेपालको संसदीय अभ्यास हेर्दा सार्वजनिक लेखा समितिको नेतृत्व अधिकांश समय प्रतिपक्षी दलले गरेको देखिन्छ । अहिले समितिको नेतृत्व पनि सरकारको नेतृत्व गरिरहेको एमालेले गरिरहेको छ ।

सरकारका गलत कामलाई निगरानी, खबरदारी गरी ‘चेक एन्ड ब्यालेन्स’ कायम गर्न लेखा समितिलाई प्रतिपक्षी दलको नेतृत्व दिने गरिएको अभ्यास हुँदै आएको हो ।

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसदहरूले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको नियमित बैठक माग गर्दै आएका छन् । तर, समितिको बैठक निकै काम मात्रै बस्ने गरेको छ ।

रास्वपाका सांसद मनीष झाले मंगलबार समिति सभापति ऋषिकेश पोखरेललाई सम्पर्क गरेर समितिको बैठक राख्न आग्रह गरे । ऊर्जामन्त्री दीपक खड्कामाथि भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले समितिको चासो रहनुपर्ने सांसद झाको भनाइ थियो । जवाफमा सभापति पोखरेलले ‘आफू केही दिन काठमाडौं बाहिर रहेकोले फर्किएपछि बैठक राख्ने’ जवाफ दिए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *