२४ पुस/ जिल्ला प्रशासन कार्यालय दाङले चिसो र शितलहरबाट बच्न आग्रह गरेको छ। चिसो मौसमको सुरुवातसँगै दाङ जिल्लामा शीतलहरको प्रभाव बढ्न सक्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालय दाङले स्वास्थ सजकता अपनाउन आग्रह गरेको हो।
प्रशासनले जारी गरेको सूचनामा चिसोका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र बिरामीहरू बढी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
![](https://setobaagh.com/wp-content/uploads/2025/01/473024363_567111172809273_721394165050736566_n-1024x871.jpg)