राष्ट्रपति पौडेलले गरे चार अध्यादेश जारी

ByNews

२०८१ पुष २९, सोमबार २०:०९ २०८१ पुष २९, सोमबार २०:०९ २०८१ पुष २९, सोमबार २०:०९
Spread the love

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका पाँच मध्य चार अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम चार अध्यादेशहरू जारी गरेका हुन् ।

राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन० अध्यादेश, २०८१, निजीकरण पहिलो संशोधन अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।

पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *