तुलसीपुर जेसीज वर्ष २०२५ को अध्यक्षमा सन्दिप भुसाल

ByNews

२०८१ माघ ८, मंगलवार ०७:३८ २०८१ माघ ८, मंगलवार ०७:३८ २०८१ माघ ८, मंगलवार ०७:३८
Spread the love

तुलसीपुर नगर जेसीजले १३ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम वर्ष २०२४ का अध्यक्ष पूर्ण बिक्रम डाँगीको अध्यक्षता, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेको प्रमुख आतिथ्यता, र तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा वर्ष २०२५ का नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको छ। वर्ष २०२५ का अध्यक्ष सन्दिप भुसाल, कार्यकारी उपाध्यक्ष रमेश रेग्मी, केशवराज न्यौपाने, उपाध्यक्ष धीरज बस्नेत, बसन्त योगी, विकास जंग मल्ल, सुरज केसी, महासचिव बुद्धिराज सापकोटा, सहसचिव सुदिप केसी, कानुनी सल्लाहकार सुरज भण्डारी, जनसम्पर्क अधिकारी मेघराज पोख्रेल, अध्यक्ष सल्लाहकार मनिष जंग शाह र प्रवक्ता सागर न्यौपानेलाई पद हस्तान्तरण गरिएको छ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *