काठमाडौं, २४ माघ । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वातन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । साहारा सहकारी ठगी प्रकरणमा भएको थुनछेक बहसपछि ५४ लाख रुपैयाँ धरौटीमा लामिछानेलाई रिहा गर्न आदेश गरिएको हो ।
लामिछानेको थुनछेक बहस हिजोदेखि सुरु भएको थियो । आज न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस सकिएपछि उहाँलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।