फागुनर प्रजातन्त्र दिवसको अवसरमा तुलसीपुरमा हुने वाकाथन अभियानमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल सहभागी हुने भएका छन्। ”स्वास्थ्यको लागि प्रातःकालीन हिँडाई” भन्ने नाराका साथ सुरु हुन लागेको यो अभियानबारे मंगलबार रिपोर्टर्स क्लब दाङमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

डाक्टर किशोर खत्रीले ”स्वास्थ्यको लागि प्रातःकालीन हिँडाई” भन्ने नाराका साथ भोलिदेखि ‘वाकाथन’ अभियान सुरु गर्न लागेको जानकारी दिए । यो अभियानलाई राष्ट्रिय अभियानका रुपमा सुरुवात गर्न लागेको बताउँदै बिहानको हिँडाइ स्वास्थ्यका लागि प्रभावकारी हुने बताए। यो अभियानले तुलसीपुरवासीलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अपेक्षा गरेको बताए ।

कार्यक्रममा रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले ‘सुतेकालाई उठाउने अभियान’ सञ्चालनमा जोेडिने बताए । तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीले निजी क्षेत्र पनि अभियानसँगै रहेको प्रतिबद्धता जनाए।

त्यस्तै, तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुसालले स्वस्थ जीवनशैलीका लागि यो अभियान महत्त्वपूर्ण हुने बताउँदै अभियानलाई सफल बनाउन आफूहरू समेत साथमा रहेको उल्लेख गरे।