तुलसीपुर, १४ फागुन । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा दुईजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर–८ निवासी ४८ बर्षीय लक्ष्मी प्रसाद चौधरी र मोटरसाइकलमा पछाडी सवार रहेका तुलसीपुर–२ का ३५ बर्षीय कबिराम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा ४ प ४४१० नम्बरको मोटरसाइकल तुलसीपुर–८ चमिखोला नजिकै आज साँझ सवा ७ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका दुबैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइते मध्य एकजनाको अवस्था चिन्ताजनक रहेको डाक्टरले बताएका छन् ।