काठमाडौं । अहिले देशैभरि ‘राजा आऊ, देश बचाऊ’ र ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदै छन्’ जस्ता नारा लागिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह पुनः फर्किने चर्चा र हल्लाले राजनीतिक दलका नेताहरू त्रसित छन् । राजालाई राजकाजमा फर्काउन राजावादी सक्रिय छन् । उनीहरूले गणतन्त्रका नेतालाई चुनौती दिँदै राजालाई कुनै पनि हालतमा नारायणहिटी दरबारमा ल्याउने दाबी गर्दै नारा–जुलुस कडा बनाउँदै गइरहेका छन् ।
प्रधानमन्त्री–पूर्वप्रधानमन्त्रीको एउटै स्वर, माओवादी अभियान स्थगित
पूर्वराजा शाह फर्किने चर्चा पछिल्लो समय बढ्दै गइरहेको छ । सोही चर्चाका बीचमा नेताहरूले पूर्वराजालाई ‘चुनाव जितेर प्रधानमन्त्री’ बन्न सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, डा। बाबुराम भट्टराईसहितले पूर्वराजालाई चुनाव जितेर प्रधानमन्त्री भई जनताको सेवा गर्न सुझाव दिएका छन् । गणतन्त्रका लागि जेलजीवन बिताएका र आन्दोलनमा सहभागी भएका यी नेताहरूले कुनै पनि हालतमा राजतन्त्र फर्किने सम्भावना नभएको दाबी गरेका छन् ।