भव्य स्वागत सहित पूर्व राजा निर्मल निवास भित्रिए
पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरहरू उनलाई स्वागत गर्न भन्दै काठमाण्डू विमानस्थल आसपासका सडकमा जुटेका बेला राजसंस्थावादी नारा लागेका छन् भने सदन र सत्तामा रहेका नेताहरूले त्यसप्रति चिन्ता व्यक्त गरेका छन्।
सरकारका प्रवक्ताले राजावादीहरूको यस गतिविधिलाई उनीहरूले आफ्नो लोकतान्त्रिक अभ्यास गरेकोू रूपमा बुझेको तर त्यसबाट आफूहरूले कुनै दबाव महसुस नगरेको बताए।
यस्ता र्यालीहरूले उग्र रूप लिँदै गएमा त्यसको प्रतिवाद कसरी गर्ने भन्ने सोच्न सकिन्छ। तर हामीले कुनै दबाव महसुस गरेका छैनौँ। नेपालमा राजतन्त्र फर्कने कुनै पनि सम्भावना छैन, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भने।

सदनमा चिन्ता
आइतवार राष्ट्रिय सभामा समेत राजतन्त्र पक्षधरहरूका गतिविधिबारे सांसदहरूले कुरा उठाएका छन्।
नेकपा एकीकृत समाजवादीकी जयन्तीदेवी राईले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेकोू भन्दै त्यसले खतरा र राजनीतिक अस्थिरता फैलिरहेको बताइन्।
ूहरेक ठाउँमा अनावश्यक नाराहरू गुन्जिरहेको छ। त्यस कारणले यसमा हामी सबै सजग बन्नुपर्छ, सांसद राईले भनिन्।
अर्का सांसद मोहम्मद खालिदले पूर्वराजाका कार्यक्रमलाई उद्धृत गर्दै सरकारले आफ्नो दायित्व पूरा गरोस र राजनीतिक दलहरूले आफ्नो पोजिशन क्लिअर गरून भने।

विगतका सरकार र अहिलेका सरकारका केही विफलताको फलस्वरूप कसैले गणतन्त्रको सट्टा, लोकतन्त्रको सट्टा अरू कुरा निम्त्याउँछ भने सरकारले ध्यान पुर्याउनै पर्छ, जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने सांसद खालिदले भने।
बिहीवार एक कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजालाई आफू लोकप्रिय रहेको लागेका भए चुनाव लड्न सुझाएका थिए।