Spread the love

बुटवल,२५ फागुन । मध्य पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध १९ ९उन्नाइस० जना सञ्चारकर्मीहरूको सहभागितामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

कार्यक्रमको थालनी गर्दै मध्य पश्चिम पृतनाका पृतनापति उपरथी प्रेम बहादुर पुनले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो । चार दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरण तथा अन्तरक्रिया सञ्चालन गरिनेछ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *