दाङमा लागू औषध सहित तीन जना पक्राउ

ByNews

२०८१ फाल्गुन २७, मंगलवार २०:०९ २०८१ फाल्गुन २७, मंगलवार २०:०९ २०८१ फाल्गुन २७, मंगलवार २०:०९
Spread the love

दाङ, २७ फागुन ।दाङमा लागू औषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पूर्वी भाग भुमे गाउँपालिका वडा नम्बर २ खवाङ निवासी ४४ वर्षका फर्क बहादुर घर्ती, सोही ठाउँ निवासी अन्दाजी ५३ वर्षका रूपधन घर्ती र ६४ वर्षका जुनबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर शाहले जानकारी दिनुभएको छ।

उनिहरुलाइ हिजो घोराहि उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दहस्थित घोराही होलेरी सडक खण्डमा लागु औषध चरेसको कारोबारका लागि ओसारपसार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा लागू औषध ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक कविराज रोकायको कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका फर्क बहादुर घर्तीको साथबाट १५ किलो १२३ ग्राम लागू औषध चरेश जस्तो देखिने पदार्थ, रूपधनको साथबाट १४ किलो ५७ ग्राम लागू औषध जस्तो पदार्थ बरामद गरेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *