महोत्तरी बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ हजार रुपैयाँ घुससहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत खरदार र लेखापढी व्यवसायी गरि दुई जनालाई सो रकमसहित नियन्त्रणमा लिएको हो।
कार्यालय स्रोतका अनुसार पक्राउ पर्नेमा खरदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतो रहेका छन्। उनीहरूले कार्यालय परिसरभित्र सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै पक्राउ गरेको आयोगले जनाएको छ।