रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम

ByNews

२०८१ फाल्गुन २८, बुधबार २०:२९ २०८१ फाल्गुन २८, बुधबार २०:२९ २०८१ फाल्गुन २८, बुधबार २०:२९
Spread the love

दाङ, २८ फागुन । मध्य पश्चिम पृतना हे।क्वा।, बुटवलमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम समापन भएको छ । समापन समारोहमा मध्य पश्चिम पृतनाका पृतनापति उपरथी श्री प्रेम बहादुर पुनले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुहुने सञ्चारकर्मीहरूलाई बधाई ज्ञापन गर्नुहुँदै प्रमाणपत्र वितरण गर्नुभयो। सोही अवसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ३ ९तीन० वटा एफ।एम। रेडियो स्टेसनहरुलाई प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र प्रदान गरिएको थियो ।

उक्त क्षेत्र अन्तर्गत १० वटा जिल्लाका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध १९ जना सञ्चारकर्मीहरूको सहभागितामा चार दिनसम्म सञ्चालित अभिमुखीकरण कार्यक्रमका सहभागीहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा जानकारी गराइनुका साथै पाल्पा दरबार सङ्ग्रहालय तथा जीत गढीको स्थलगत अध्ययन भ्रमण गराइएको थियो ।

यस किसिमको कार्यक्रमबाट देशका विभिन्न क्षेत्रहरूमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता, स्पष्टता एवं शीघ्रता हुने विश्वास नेपाली सेनाले लिएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *