Spread the love

यो वर्ष एसइई परीक्षा आगामी चैत ७ गतेदेखि देभर सुरु हुँदैछ ।

दाङ, २८ फागुन । दाङमा एसइई दिने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष एसइई दिने एक हजार तीन सय ५६ जना विद्यार्थीको सङ्ख्या वृद्धि भएको हो । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङका अनुसार जिल्लामा यो वर्ष सामुदायिक तथा निजी दुई सय ५४ वटा विद्यालयबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइई दिँदैछन् । जसमध्ये छ हजार सात सय ६६ छात्र र सात हजार चार सय ८८ जना छात्राको सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत तिलकराम बञ्जाडेले जानकारी दिनुभयो।

गत वर्ष जिल्लामा १२ हजार आठ सय ९८ जना विद्यार्थीले एसइई दिएका थिए । तीमध्ये पाँच हजार सात सय ६३ छात्र र छ हजार चार सय ६५ जना छात्राको सङ्ख्या रहेको थियो । जिल्लामा यो वर्ष एसइई दिनेमा छात्रभन्दा सात सय २२ जना बढी छात्रा रहेका छन् । एसइई दिनेमा छ हजार सात सय ६६ छात्र र सात हजार चार सय ८८ जना छात्राको सङ्ख्या रहेको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत बञ्जाडेले बताउनुभयो । सहभागी १४ हजार बढी विद्यार्थीमध्ये नियमिमतर्फ पाँच हजार पाँच सय ८१ छात्र र पाँच हजार नौ सय ६५ छात्रा गरेर ११ हजार पाँच सय ४६ जना, प्राविधिक धारतर्फ छात्र एक सय ८२ जना र छात्रा एक सय ६८ जना गरेर जम्मा तीन सय ५० जना, गे्रडवृद्धि समूह साधारणतर्फ छात्र नौ सय ९३ जना र छात्रा एक हजार तीन सय ३७ गरेर जम्मा दुई हजार तीन सय ३० जना र गे्रडवृद्धि प्राविधिकतर्फ छात्र १० जना र छात्रा १८ जना गरेर २८ जना विद्यार्थी रहेका छन् ।

जिल्लामा एसइईका लागि ४७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लाका १० वटै स्थानीय तहमा विद्यार्थीलाई पायक पर्ने गरी परीक्षा केन्द्र निर्धारण गरिएको छ । यो वर्ष जिल्लामा पाँच सामुदायिक र छ संस्थागत गरी ११ वटा नयाँ विद्यालयले एसइईमा सहभागिता जनाउँदै छन् । जिल्लामा यस वर्ष पाँच जना दृष्टिविहीन विद्यार्थीले एसइई परीक्षा दिन थालेका छन् । जसमा तुलसीपुरमा रहेको स्रोत कक्षा गुरु जजुर माध्यमिक विद्यालयबाट तीन जना छात्र र एक जना छात्रा गरेर चार जना र आदर्श माध्यमिक विद्यालय लालमटियाबाट एक जना छात्र एसइई परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङले जनाएको छ । गत वर्ष दाङबाट छ जना दृष्टिविहीन विद्यार्थीले परीक्षा दिएका थिए । यो वर्ष एसइई परीक्षा आगामी चैत ७ गतेदेखि देभर सुरु हुँदैछ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *