केसीको चुनाव चिन्ह लालटिन रहेको छ
एकराज,भण्डारी
सालिन अनि सरल स्वभाव, पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने, अधिकांश समय सामाजिक काममै आफूलाई क्रियाशील राख्दै धेरैको मन जित्न सपल व्यक्तित्व हुन लक्ष्मण केसी । समाजको विभिन्न क्षेत्र तथा संघ संस्थाहरुमा कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गर्दै योगदान पुर्याएका केसी यति बेला तुलसीपुर खानेपानीको निर्वाचनमा उपाध्यक्ष पदको उम्मेदवार बनेका छन् । बलियो टिमसँगको सहकार्य र आफूले विगतमा यही संस्था तथा अन्य विभिन्न क्षेत्रबाट समाजमा गरेको कामको मूल्यांकन गर्दै मतदाता उपभोक्ताहरुले आफूलाई विजयी गराउनेमा आफू विश्वस्त रहेको केसीले बताए । उनले भने( ‘मतादाताले छान्ने काम गर्ने मान्छेलाई हो । जो विगतका निर्वाचनमा पनि देखिएको छ । त्यसैले मलाई उपभोक्ता तथा मतदाताले निर्वाचित गराएर काम गर्ने मौका दिनुहुन्छ भन्नेमा ढुक्क छु ।’
२०२९ सालमा जन्मिएका केसीले १६ वर्षको कलिलो उमेरमै शिक्षाको महत्व बुझेर आफ्नो गाउँ तुलसीपुर(७ डाँडापातुस्थित बालकल्याण प्राविको स्थापनामा संस्थापकको भूमिका निर्वाह गरे । तत्कालिन समयमा थारु समुदायको बाहुल्यता रहेको उक्त ठाउँमा विद्यालय नै स्थापना गरेर सञ्चालन गर्नु चानचुन कुरा थिएन तर केसीलगायत उनको समूहको दृढ संकल्पले स्थापना भएको उक्त विद्यालयले अहिले पनि समाजमा शिक्षाको ज्योति छरिरहेको छ । त्यसपछि पनि विद्यालय सञ्चालनमा थुप्रै समस्याहरु आए तर उनी आफै खटिएर ती समस्याहरु समाधान गर्दै आए । हालसम्म पनि उनले उक्त विद्यालय व्यवस्थापन समितिको सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका छन् भने सोही विद्यालय र तुलसीपुर(४ मा रहेको गुरु जजुर मावि रक्षाचौरमा अक्षयकोषको स्थापना गरेर निम्नवर्गका विद्यार्थीलाई पढाइमा सहजता थप्ने काम गर्दै आएका छन् । उनी भन्छन्( ‘समाजमा चेतनाको विकास गर्ने शिक्षाले हो । त्यसैले शिक्षा क्षेत्रमा मेरो तर्फबाट हुनसक्ने योगदानका लागि कहिल्यै पछि हटेन ।
२०६८ देखि २०७२ सालसम्म १ कार्यकाल तत्कालिन तुलसीपुर नगरपालिका वडा नं। ४ को वडा नागरिक मञ्चको सदस्य तथा १ कार्यकाल वडा नागरिक मञ्चको संयोजकको जिम्मेवारी सम्हालिसकेका केसी यो क्षेत्रका अधिकांश नागरिकसँग परिचित छन् । यो समयमा उनले वडाभित्रका समस्या समाधान ठूलो योगदान पुर्याएको वडाबासीले अझै बिर्सेका छैनन्, बरु उनको चर्चा नै गर्छन् । ‘उनलाई मैले वडा नागरिक मञ्चको संयोजक हुँदा चिनेको थिएँ, उनले योजना छनौट गर्दा कहिल्यै भेदभाव गरेनन् । अहिले पनि खानेपानीमा सदस्य छन् । कुनै समस्या भयो भने फोन गर्ने उनलाई नै हो’( तुलसीपुर(७ खर्चवाका रोशन चौधरी भन्छन्( ‘सदस्य हुँदा पनि हाम्रो ठाउँमा हुने समस्या समाधानमा ठूलो भूमिका निर्वाह गर्दै आएका छन् । भोट दिने काम गर्ने मान्छेलाई हो, उनले जित्छन् । उनी जत्तिको मान्छे नेतृत्वमा जाँदा उपभोक्ताका समस्याहरु सजिलै समाधान हुन्छन् भन्ने मलाई लाग्छ ।’
पार्षद, कार्यसमिति सदस्य हुँदै उपाध्यक्ष बन्ने तयारी
केसीले खेमराज वली अध्यक्ष हुँदा तीन कार्यकाल पार्षदको भूमिका निर्वाह गरे । पार्षद् सामान्यतया परिषद् हुँदा सहभागी हुने भन्ने छ तर उनले कार्यसमिति भित्रको कुनै पदाधिकारी वा सदस्यले भन्दा कम भूमिका निर्वाह गरेनन् । वर्तमान समितिको कार्यसमिति सदस्य रहेका केसीले समस्या आएको ठाउँमा रातदिन खटिएर काम गर्न कसैको बाटो हेरेनन न त आलोपालोको नै अपेक्षा गरे । उनी भन्छन् – ‘उपभोक्ताहरुले सदस्यकै रुपमा भए पनि मलाई काम गर्ने मौका दिनुभयो । उपभोक्ताको समस्या समाधान गर्ने कुरा मेरा लागि काम नभएर अवसर हो । त्यसैले मैले समस्यामा कसैको बाटो हेरिन काम सम्पन्न हुँदासम्म आफै खटेर काम गरें ।’ हाल चलिरहेको बबई लिफ्टिङको काम होस् या सहलगानीको काम, मुहानको अनुगमन तथा सरसफाइ होस् या पाइपलाइन फुट्दा त्यसको मर्मत गर्ने काम मैले कहिल्यै म सदस्य हुँ भनेर पदाधिकारीको बाटो हेरिन । यो कुरा सबै उपभोक्ताले देखिरहेका छन् । त्यसैले पनि मलाई उपभोक्ताले उपाध्यक्ष पदका लागि विश्वास र माया गर्नुहुन्छ भन्ने लागेको हो ।
खानेपानीमा केसी परिवारको पनि योगदान
तुलसीपुरबासीलाई पानी खुवाउने अभियानमा केसी परिवारको ठूलो योगदान पनि छ । तुलसीपुर(७ तीक्रापातुमा रहेको साढे तीन लाख लिटरको पानी ट्यांकी निर्माणका लागि केसी परिवारले १ कठ्ठाबढी जग्गा उपलब्ध गराएको छ । व्यवसायिकरुपमा मिल सञ्चालन गर्दै आएका केसीले विगतदेखि नै मिल सञ्चालन परिवारको जिम्मा लगाएर आफू सामाजिक कार्यमा क्रियाशील हुँदै आएका छन् । राष्ट्रिय प्रजातन्त्र पाटीको तर्फबाट प्रतिनिधित्व गर्दै संयुक्त लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिएका केसीले मतदाता उपभोक्ताले आफूलाई निर्वाचित गराउनेमा ढुक्क भएको बताउछन् । उनले भने( ‘म आफैले उपभोक्ताको मन जित्ने गरी पनि काम गरेको छु । साथै देशको ठूलो दल नेकपा एमालेसँग सहकार्य गरेका छौं । मैले जित्ने आधार यिनै हुन् ।’
बेतिथि अन्त्य गर्न केसीको उम्मेदवारी
तुलसीपुर खानेपानीको कार्यालय वा फिल्ड दुबैतिर केही बेतिथिहरु देखिएका छन् । आफ्नो उम्मेदवारी ती बेतिथिको अन्त्यका लागि पनि भएको केसीले बताए । एकैदिन शुरु भएको घोराही लिफ्टिङको काम ९० प्रतिशत काम हुने तर तुलसीपुरमा ६० प्रतिशत मात्रै काम हुनुको पछाडि के कारण हो रु उनले प्रश्न गरे ‘यो व्यतिथि हो । ढिला हुनुको कारण के हो त भनेर बुझ्न खोज्दा हामी सदस्यहरुले ठेकेदारसँग कुरा गर्न पाउँदैनौं । ठेकेदारको फोन उठ्दैन, कस्ले दिने हो यसको उचित जवाफ रु व्यतिथिको कारण खोज्न उम्मेदवारी दिएको छु’( उनले भने( ‘अर्को कुरा पहुँचमा भएका साथीहरुको बलमा पानी वितरण हुने गरेको छ । मेरो लागि सबै उपभोक्ता समान हुन् । पहुँचको भरमा कसैका धारामा बिहान बेलुका पानी आउने कसैले पानी खान नपाउने हुँदैन । यो प्रणालीको अन्त्य गर्न पनि मेरो उम्मेदवारी हो ।’ केसीको चुनाव चिन्ह लालटिन रहेको छ।