Spread the love

होली पर्वलाई सामाजिक सद्भाव र भाइचारा कायम राख्दै न्यायपूर्ण र सुसंस्कृत रूपमा मनाउन आग्रह

इलाका प्रहरी कार्यालय तुलसीपुरले होली पर्वका नाममा हुने अनावश्यक तडकभडक, सामाजिक अशान्ति र उच्छृंखल गतिविधिलाई नियन्त्रण गर्न कडा कारबाही गर्ने चेतावनी दिएको छ।

प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा होली पर्वको अवसरमा रंग दल्ने, लोला हान्ने, पानीका फोहरा फाल्ने, अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रमहरू गर्ने, सार्वजनिक स्थानमा होहल्ला गर्ने तथा झैझगडा गर्ने घटनाहरू बढ्दै गएका छन्। यस्ता गतिविधिले सामाजिक सद्भावमा नकारात्मक असर पारेको गुनासो बढ्दै गएपछि प्रहरीले यस्तो कदम चालेको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको अनुरोध

तुलसीपुरका प्रहरी प्रमुख नायव उपरीक्षक अनिल ठकुरीका अनुसार होलीको नाममा हुने उच्छृंखल गतिविधिलाई नियन्त्रण गर्न प्रहरी कडा निगरानीमा रहनेछ। विशेष गरी इच्छा विपरित रङ दल्ने, लोला हान्ने तथा मादक पदार्थ सेवन गरी सडकमा होहल्ला गर्ने कार्यमा संलग्न भएकालाई कडा कारबाही गरिने उनले बताए। साथै होलीलाई लक्षित गरेर भोलि तुलसीपुरका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिने समेत डिएसपी ठकुरीले बताए ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने, मोटरसाइकलमा तीन जना सवार हुने, हेलमेटको प्रयोग नगर्ने लगायतका कार्यमा संलग्नलाई सामाजिक व्यवहार सुधार ऐन तथा नियमावली २०३३ अनुसार कारबाही गरिने उनले चेतावनी दिए।

प्रहरीले होली पर्वलाई सामाजिक सद्भाव र भाइचारा कायम राख्दै न्यायपूर्ण र सुसंस्कृत रूपमा मनाउन आग्रह गरेको छ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *