Spread the love

आगामी चुनावमा लक्ष्मण खत्री र सोनिया थापाको नेतृत्वमा उम्मेदवारलाई विजयी बनाउन अपिल

अनेरास्ववियु दाङले राप्ती बबई क्याम्पसमा संयुक्त विद्यार्थी प्यानल नै आधिकारिक उम्मेदवार रहेको स्पष्ट पारेको छ । सङ्गठनको निर्णय विपरित राप्ती बबई क्याम्पस इकाई कमिटीका अध्यक्ष कोमल बहादुर वली केबी ले स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई कारबाही गर्दै आफूहरूको आधिकारिक उम्मेदवार लेखमणी खत्री लक्ष्मण र सचिव सोनिया थापा नेतृत्वको संयुक्त विद्यार्थी प्यानल नै आधिकारिक उम्मेदवार रहेको स्पष्ट पारेको हो ।

आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा अध्यक्ष पदमा लेखमणी खत्री लक्ष्मण र सचिव सोनिया थापा नेतृत्वको संयुक्त विद्यार्थी प्यानललाई अनेरास्ववियु सहित ८ वटा विद्यार्थी सङ्गठनको समर्थन रहेको छ । संगठनको नीति, विधि र सिद्धान्त विपरित स्वतन्त्र उम्मेदवारी घोषणा गरेको भन्दै वलीलाई साधारण सदस्यता समेत नरहने गरी कारबाही गरिएको स्ववियु दाङका अध्यक्ष प्रदिप बस्नेत र सचिव सविन पोख्रेलद्धारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘अनेरास्ववियुको मूल उद्देश्य शिक्षा र समाजको समृद्धि हो, र यसै उद्देश्यमा लाग्दै हामीले हाम्रा उम्मेदवारहरूको समर्थन गर्दै अघि बढ्नु जरुरी छ । आगामी चुनावमा लक्ष्मण खत्री र सोनिया थापाको नेतृत्वमा उम्मेदवारलाई विजयी बनाउन अपिल गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *