इलाममा धरौटी जफत भएका १६ उम्मेदवार

ByNews

२०८१ बैशाख १८, मंगलवार ०८:१५ २०८१ बैशाख १८, मंगलवार ०८:१५ २०८१ बैशाख १८, मंगलवार ०८:१५
Spread the love

काठमाडौं, वैशाख १८ । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन आयोगले आज विहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीतथा एकीकृत समाजवादीसहित १६ उम्मेदवारको जमानत जफत भएको हो।

निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत छ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो।

जमानत जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल रहेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने उल्लेख छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *