Spread the love

दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित मेट्रो कलेजका विद्यार्थीहरू किताब मात्रै पढ्दैनन्, पढेको कुरा सिक्छन् पनि । बिहान किताब पढ्छन् र दिउसो त्यही अनुसार प्रयोगात्मक गर्छन् । त्यसकै एउटा परिणाम हो– विद्यार्थीहरूले बनाएको छुर्पीदेखि बिस्कुट सम्मका परिकार । कलेजमा फुड एण्ड डेरीमा अध्ययनरत विद्यार्थीहरूले छुर्पी,गुदपाक, बिस्कुट, किम्बुको जाम,रसबरी अचार, कोदोको मम ,क्याच अप लगायतका परिकार बनाएका छन् ।

कलेजमा अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक अन्तर्गत बनाएका ती सामग्रीहरु प्रदर्शन गरेका थिए ।“किताबमा पढेको कुरालाई व्यवहारमा उतार्नका लागि यसरी विभिन्न परिकार बनाएका हौँ”, विद्यार्थी सीमा नेपालीले भनिन्“ बिहान पढ्ने र दिनभर परिकार बनाउने गर्छौं ।” आफूहरूले उत्पादन गरेको कुरालाई बजारीकरण कसरी गर्न सकिन्छ, भन्ने पनि यो सिकाइले भूमिका खेल्ने उनको भनाई छ । पढाई पछि आत्मनिर्भर बन्न सकिने र उत्पादन गुणस्तर मापनका लागि पनि प्रयोगात्मक गरिरहेको खाद्य प्राविधिक जुनु भट्टराईले बताइन् ।

आइतबार उनीहरूले उत्पादन गरेका बस्तुहरू प्रदर्शन गरेका हुन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक राजेश चौधरीले गुणस्तर हीन खाद्यवस्तु स्वस्थ हुनुपर्ने भएकाले परीक्षण गरेर मात्रै बजारीकरण गर्नुपर्ने बताए ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले उत्पादित बस्तुको खाद्य स्वच्छता मापन गरेर मात्रै बजार पठाउनु पर्ने बताइन् ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *