पत्रकार महासंघ दाङ देशकै उत्कृष्ट

ByNews

२०८१ बैशाख २१, शुक्रबार २०:४५ २०८१ बैशाख २१, शुक्रबार २०:४५ २०८१ बैशाख २१, शुक्रबार २०:४५
Spread the love

नेपाल पत्रकार महासंघ दाङ शाखा देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघले २७ औं महाधिवेशनको अवसरमा शुक्रवार दाङ शाखालाई देशकै उत्कृष्ट शाखाका रुपमा सम्मान गरेको हो ।
महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षता तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा भएको महाधिवेशन उद्घाटन सत्रमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलाई उत्कृष्टताको प्रमाणपत्रले सम्मान गर्नुभएको हो । मिडिया साक्षरता, पत्रकार आचारसंहिता पालनालगाएत पत्रकारिताको विकास र प्रभावकारी सञ्चारमा उत्कृष्ट भूमिका खेलेको र शाखाको क्रियाशिलता देशकै उत्कृष्ट रहेको भन्दै महासंघले उत्कृष्ट शाखाका रुपमा सम्मान गरेको हो ।
दुर्गालाल केसी नेतृत्वको पत्रकार महासंघ दाङ शाखाले देशमै पहिलोपटक नागरिकलाई मिडिया बुझाउन मिडिया साक्षरता अभियान थालेको थियो । जसलाई दाङको नमूना मोडेल मान्दै प्रदेश र केन्द्रीय समितिले समेत अभियानका रुपमा सञ्चालन गरेका थिए । यसका साथै दाङमा पहिलोपटक राष्ट्रिय स्तरको मिडिया महोत्सव आयोजना गरी पत्रकारिताका समसामयिक बिषयमा बहस गरिएको थियो । जसमा संघ, प्रदेश, स्थानीय सरकार र पत्रकार महासंघ केन्द्रीय समितिको सहभागितामा संघीयता, मिडिया र विकास बिषयमा बहस गरिएको थियो ।
यसका साथै मिडिया महोत्सवमा राष्ट्रिय स्तरका मिडिया बिज्ञ र सरोकारवालाहरुको सहभागितामा मिडियामा नैतिकता, मिडियाको सामथ्र्य र भबिस्य, मिडियामा समावेशी सवाल, कानून कार्यान्वयनमा मिडियाको भूमिका, न्यू मिडिया र परम्परागत मिडियाको अन्तरसम्बन्ध जस्ता बिषयमा बहस गरी देशभरका मिडियालाई मार्गदर्शन गर्ने काम गरिएको थियो ।
महासंघ दाङ शाखाले पत्रकार महासंघ केन्द्रीय समितिले थालेको सदस्यता शुद्धिकरण अभियान, पत्रकारहरुको क्षमता विकास तालिम सञ्चालन, कोरोना महामारीका बेला पत्रकारहरुको उपचार व्यवस्थापनका साथै पत्रकारहरुलाई अभिभावकत्व प्रदान, पत्रकारहरुलाई फेलोसिप प्रदान र महासंघको संस्थागत विकास लगाएतमा नमूना कार्य गरेको थियो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *