तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले जेष्ठ नागरिकको सम्मानका लागि स्थानीय सरकार प्रतिवद्व भएको बताउनु भएको छ ।
जेष्ठ नागरिक समाज तुलसीपुरको १८ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख खड्काले जेष्ठ नागरिक समाजको सम्पत्ति भएको भन्दै आफूले सधै मार्गदशर्कको रूपमा लिएको बताउनुभयो । जेष्ठ नागरिकको सुझाव अनुसार आफू अघि बढ्ने भन्दै प्रमुख खड्काले जेष्ठ नागरिकको सम्मानका लागि आफू प्रतिवद्व भएको बताउनुभयो ।
जेष्ठ नागरिकका हरेक समस्याका समाधान गर्न स्थानीय सरकार दृढताका साथ लाग्ने उहाँको भनाई छ ।