सक्रिय बन्न थाले लुम्बिनी प्रदेशका संसदीय समितिहरू

ByNews

२०८१ बैशाख २३, आईतवार ०८:०८ २०८१ बैशाख २३, आईतवार ०८:०८ २०८१ बैशाख २३, आईतवार ०८:०८
Spread the love


डेढ वर्षपछि सभापति पाएका लुम्बिनी प्रदेशका संसदीय समितिहरू अहिले सक्रिय बन्न थालेका छन् । सभापति चयन भएपछि सम्बन्धित मन्त्रालयहरूको काम कारबाहीबारे चासो राख्दै अधिकांश विषयगत समितिले मन्त्रालयको प्रगति विवरण माग्ने, समितिको वार्षिक क्यालेन्डर तयार पार्ने काम धमाधम गरिहरेका छन् ।

लुम्बिनीमा १७ महिनापछि वैशाख ५ गते समितिको सभापति चयन भएको हो। सभापति चयन भए पनि आफ्नो सरोकारवाला मन्त्रालयको अधिकांशले प्रगति विवरण माग्ने काम गरेको लुम्बिनी प्रदेश सभाका प्रवक्ता एवं उपसचिव ईश्वरी प्रसाद आचार्यले बताए।
केही समितिहरूले प्रगति विवरण मन्त्रालयसँग लिएर अध्ययनको क्रममा छन्। केहीले लिने क्रममा रहेका छन् ।गत ३० असारमा प्रदेश सभा बैठकले समितिमा रहने सदस्यहरूको टुङ्गो लगाएको थियो, तर सभापति चयन नहुँदा समितिका कामकारबाही प्रभावकारी बन्न सकेका थिएनन्। वैशाख ५ गते सत्तामा रहेको एमाले–माओवादी र प्रतिपक्ष नेपाली कांग्रेसबिच भागबन्डा सभापति चयन भएपछि समिति सक्रिय भएका हुन् ।

भौतिक पूर्वाधार तथा विकास समितिमा हालै बैठकले मन्त्रालयले गरेका कामकारबाहीको प्रगति विवरण माग्ने निर्णय गरेको छ। सामाजिक विकास समितिले मन्त्रालयसँग प्रगति विवरण लिएर अध्ययनको क्रममा रहेको यमबहादुर नेपाली सार्कीले बताए ।

कृषि, वन तथा वातावरण समितिको सभापति विश्व प्रेम पाठकले आफू सभापति भए पनि दुई पटक बसेको बैठकले कार्यविधि एवं मन्त्रालयको काम कारबाहीको विषयमा विवरण मागेको बताए । उनले समितिलाई सशक्त रूपमा लैजाने गरी अगाडि बढेको बताए। संसदीय समितिहरू सत्ता पक्ष भन्दा पनि प्रतिपक्षलाई धेरै चाहिने भएको प्रतिपक्ष दलले ल्याएका दुई वटा समितिलाई नेपाली काँग्रेसले सशक्त पार्ने गरी पार्टीले निर्देशन दिएको प्रमुख सचेतक जन्मजय तिमल्सेनाले बताए ।

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्यहरूले १७ पुस ०७९ मा शपथ लिएका थिए। सोही वर्षको ३ माघमा सभामुख तथा उपसभामुख चयन भएका थिए। यहाँ प्रदेश सभामा ८७ सदस्य रहेकोमा एक जना निलम्बनमा परेका छन्।यहाँ १० वटा दलले प्रदेश सभामा प्रतिनिधित्व गर्छन्।रातोपाटिबाट

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *