‘आहा, कति शालिन युवा,

ByNews

२०८१ बैशाख २६, बुधबार २३:४६ २०८१ बैशाख २६, बुधबार २३:४६ २०८१ बैशाख २६, बुधबार २३:४६
Spread the love

‘आहा, कति शालिन युवा,यहि हो, तुलसीपुर उद्योग वाणिज्यसंघको अध्यक्षको उम्मेदवार यहि हो’, विजौरी बजारमा नेपाली कांग्रेस समर्थित विनिल नेतृत्वको टिमको पोष्टर पढ्दै एक बृद्धाले कौतुहलता प्रकट गरे । हो यस्तै कर्मशिल युवा चाहिएको छ, यस्तै शिक्षित युवा चाहिएको छ, अनि यस्तै युवा व्यवसायी नेतृत्व चाहिएको छ, तुलसीपुर उद्योग वाणिज्य संघलाइ । युवा व्यवसायी विनिल नेतृत्वको टिमलाइ ती बृद्धले आशिर्वाद दिए ।

उद्योग वाणिज्य संघले यस्तो युवा नेतृत्व पाउदा किन चुनावै गर्नुप¥या? ती बृद्धको जिज्ञासा थियो । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिंदै गर्दा नेतृत्व लिन उम्मेदवारहरुको घरदैलो अभियान बाक्लिएको छ । पार्टिको त पुरै समर्थन छ, विनिल केसी नेतृत्वको प्यानललाइ, अनि व्यवसायीहरुको रोजाइमा पनि विनिल नेतृत्वको प्यानल परेको छ । किनकि विनिल यस्तो व्यक्तित्व हो, उसले विदेश कहिल्यै रोजेन, काम नगरी सडक र चियापशलमा कहिल्यै भौतारीएन । काम, काम अनि काम……।

विनिलको प्रायाय व्यवसाय हो । लघु तथा मझौला उद्यम हो, अनि व्यवसायीक एकताका माध्यमबाट व्यवसायीक समृद्धि । पश्चिम दाङको व्यवसायीक पुर्वाधार निर्माण उसको अभियान हो । लगानीमैत्री बातावरणकालागी व्यवसायीक सुरक्षा उसको चासो हो, अनि दक्ष श्रमशक्तिलाइ स्वदेशमै लघु उद्यमका माध्यमबाट विदेश पलायन रोक्ने विनिलको अभियान हो । कर प्रणालिमा देखिएको झण्झटबाट व्यवसायीलाइ सहजीकरण गर्ने र दोहोरो करबाट व्यवसायीलाइ मुक्त गर्ने विनिलको अभियान हो ।

विनिल भर्खरै व्यवसायमा उदायको व्यक्तित्व पनि होइन, उसको बुवाको व्यवसायीक अनुभवबाट प्रभावित व्यक्तित्व पनि हो विनिल…। टिनएज देखिकै व्यावसायिक क्रेज भएको विनिल नेतृतवको टिम ।

‘पार्टिले पनि सहि निर्णय गरेको छ, व्यवसायीहरुले पनि सहि प्रस्ताव गरेका रहेछन् यो प्यानललाई’, पश्चिम दाङको हापुरेमा भेटिएका एक व्यवसायीले तर्क गरे, विनिल जस्तो नेतृत्व पाउनु तुलसीपुर उद्योग वाणिज्यसंघकै लागी गरीमाको विषय हो । ’कस्तो मिलेको छ, विनिल नेतृत्वको प्यानल । तुलसीपुर क्षेत्रमा व्यवसायीक लगाम भएका देव वहादुर, रुपेस, दिपेश केशव, हेमेन्द्र लगायतका युवा व्यवसायीहरु समेटिएको । कुनै फेन्सी व्यवसायमा पोख्त छन् त कसैमा होटल व्यवसाय, अटो व्यवसाय तथा लिक्युअर्स व्यवसायको लामो अनुभव बटुलेका । उद्यम र व्यवसायसँगै नेतृत्वमा पनि ‘युवा’ सोंच हुनुपर्छ, विनिल नेतृत्वको टिमको यहि सपना छ । यहि सपना साकार पार्न सो प्यानल अहिले चुनावी अभियानमा छ । मतदाताबाट आशिर्वाद बटुलिरहेको छ ।

युवा व्यवसायी विनिल केसी जो काठमाण्डौं पुगेर पनि उच्च शिक्षा पुरा गर्यो । घरको सम्पत्तीले उसलाइ विदेशि मुलुकमा शुखसयल गर्दै थप अध्ययन गर्ने अवसर पनि नजुराएको होइन, परीवारका केहि सदस्यबाट प्रस्ताव पनि नआएको होइन, तर उसले स्वदेश मात्रै रोजेन, बुवाको व्यवसायीक कर्मथलो तुलसीपुरनै रोज्यो । आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्दै स्व.बुबा विष्णु प्रसाद केसीको प्रेरणाले तुलसीपुरमै फकियो । अनि दाङमा उद्योगको सम्भावना छैन भन्नेहरूलाई चुनौती दिदै २०६० सालदेखि उद्योग सञ्चालनको सुरुआत । अहिले विनिलका लघु उद्याममा कम्तिमा एक सय जनाले रोजगारी पाएका छन् । पछिल्लो समय विनिलकै प्रेरणाले गर्दा जिल्लामा एउटै प्रविधिको उद्योग अरूले पनि सञ्चालन गरिरहेका छन् । अर्थात केक पाउरोटी उद्योग ।

उनले परिवारकै सदस्यहरूको सहयोगमा मैदा मिल सञ्चालन गरिरहेका छन् भने आफ्नै उत्पादनमा रहेको गणेश पाउरोटी उद्योगसमेत राम्रो व्यवस्थापनका साथ सञ्चालनमा छ । त्यहाँ ५० जनाले रोजगारी पाएका छन् । हुनत सुरूमा उनका पिता स्वर्गीय विष्णु प्रसाद के.सी.ले सुरू गरेको बिष्णु ईम्पेक्स (कपडा पसल) पछि २०७१ सालमा उनको स्वर्गारोहण पछि बन्द गरियो र पाउरोटीको व्यवसायलाई अघि बढाउने पारिवारिक निर्णयले अहिले सार्थकता प्राप्त गरिरहेको छ ।

दाङमा सफल युवा व्यवसायीको पहिचान बनाउन सफल युवा नेता बिनिल के.सी. जोसुकै सँग पनि सजिलै घुलमिल हुन सक्ने सरल स्वभावका व्यक्ति । युवाहरूमाझ निकै लोकप्रियता कमाउन सफल केसी आर्थिक रूपमा जर्जर बनेको राप्ती बबई क्याम्पसको कोषाध्यक्ष भैसकेपछि तत्कालिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्थानीय सरकार र स्थानीय संघसंस्थाको समन्वयमा धेरै सुधारका कामहरू गर्न सफल भएको भन्दै पुनः एक कार्यकाल कोषाध्यक्षमै बस्ने प्रस्ताव आएपछि अहिले फेरि कोषाध्यक्षको भूमिकामा रहेका छन् । केसी त्यति मात्र हैन तुलसीपुरको होटल वेष्टर्न पार्टी प्यालेस र तुलसीपुर सिटी हस्पिटलको समेत सञ्चालकको भूमिकामा रहेर आफ्नै ठाउँमा केही गर्नुपर्छ र शिक्षा स्वास्थ्यका माध्यमबाट नागरिकलाई सेवा प्रदान गर्नुपर्छ भन्ने स्वर्गीय बुबा विष्णु प्रसाद केसीको प्रेरणाबाट ओतप्रोत भएका विनिल केसी त्यही कारण सफल युवा व्यवसायीको रूपमा छवि कायम गर्न सफल भएका छन् ।

समाजसेवामा विनिल….

त्यसो त विनिल व्यवसायीक क्षेत्र मात्र होइन सामाजिक क्षेत्रमा पनि क्रियाशिल व्यक्तित्व हो । विश्वव्याधि कोरोना संक्रमणमा उ थाकेन, विश्वव्यापी आर्थिक मन्दी रहेको समयमा व्यवसायीहरुलाइ घरधनीले भाडा बृद्धि गर्नु हुदैन भन्ने विनिलको अभियान, अनि अग्नी पिडित, तथा अन्य प्राकृतिक प्रकोप पिडितहरुलाइ पनि राहत दिनुपर्छ भन्नेमा पनि विनिल कहिल्यै पछि हटेन । विनिल अर्थात आसन्न तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा मतदाताको रोजाइमा विनिल

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *