Spread the love


तुलसीपुर, वैशाख २८ । नेपाली काँग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघमा पार्टीको नाममा बागी उम्मेदवारी, उनीहरुका प्रस्ताबक र समर्थक बसेकाहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
दाङ निर्वाचन क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, निर्वाचन क्षेत्र नं. ३ (१) का सभापति देबन्द्र रिजाल, ३ (२) खिमबहादुर वली र तुलसीपुर उपमहानगरपालिकाका सचिव बिमल पौडेलले शुक्रबार जारी गरेको संयुक्त बिज्ञप्तीमा काँग्रेसको नाममा उम्मेदवार,प्रस्ताबक र समर्थक बसेकाहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
शुक्रवार जारि बिज्ञप्तीमा भनिइएको छ – पार्टीको निर्णय बिरुद्ध लाग्ने जो कोहीलाई नेपाली काँग्रेसको बिधान र नियमावली भित्र रहेर आवश्यक कारबाही हुने चेतावनी दिइएको छ ।
उद्योग बाणिज्य संघको निर्वाचनको शिलशिलामा नेपाली काँग्रेसको तर्फबाट बिभिन्न जिम्मेवारीमा रहेका ब्यक्तिहरुबाट पार्टीको हित बिपरित अन्य पार्टीहरु संग सहकार्य गरि गठबन्धनको नाममा आँफुलाई उम्मेदवारी प्रस्तुत गर्दै प्रचारमा हिडेको जानकारी प्राप्त भएको हुँदा त्यसरी बिचलन भइ अनेत्र नलाग्न अनुरोध गर्दै पार्टीको तर्फबाट भविश्यमा पार्टीले उचित कारबाही गर्ने चेतावनी दिइएको छ ।
लोकतान्त्रिक प्यानलको नेतृत्व गर्दै अगाडि बढेको नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं. ३ को उम्मेदवार छनोट संयन्त्रबाट निर्णय भए बमोजिम लोकतान्त्रिक प्यानलको आधिकारिक टिम बिनिल केसीले नेतृत्व गरेको लोकतान्त्रिक प्यानल नै भएको बिज्ञप्तीमा स्पष्ट पारिएको छ ।
काँग्रेसले बिनिल केसी नेतृत्वको प्यानलका पक्षमा मतदान गरि अत्यधिक बहुमतले निर्वाचित गराउन पार्टीका तर्फबाट सम्पूर्ण उद्योगी, ब्यापारी र शुभेच्कुत संघ संस्था तथा नेताहरुमा आग्रह गरेको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *