दाङमा बञ्चरो प्रहारबाट २ जनाको हत्या

ByNews

२०८१ बैशाख ३०, आईतवार ०१:०८ २०८१ बैशाख ३०, आईतवार ०१:०८ २०८१ बैशाख ३०, आईतवार ०१:०८
Spread the love

दाङमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ ।

शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका -१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ले जानकारी दिए ।

प्रहरीले हत्या गरेको आरोपमा रोल्पाको थवाङ गाउँपालिका-२ घर भई घोराही उपमहानगरपालिका-१७ चौघेरामा बसोबास गर्दै आएका ५७ वर्षीय अटो चालक टेकबहादुर घर्तीलाई पक्राउ गरेको उनले बताए ।

प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *