१४ औं जिल्ला अधिवेशन आउँदो जेठ ६ र ७ गते घोराहीमा
घोराही । नेकपा एमाले दाङको चौधौं जिल्ला अधिवेशनका लागि सात सय ७९ प्रतिनिधि चयन भएका छन् ।
वैशाख २८ गते एकैसाथ जिल्लाभर भएको भेलाले ९९ वडामा सर्वसम्मत प्रतिनिधि छनोट गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । राप्ती गाउँपालिका वडा नं। १ मा मात्रै प्रतिनिधि छनोट निर्वाचनका माध्यमबाट गरिएको थियो । कुल सात सय ७९ मध्ये तीन सय ७० पुरुष, एक सय ७६ महिला प्रतिनिधि आएका छन् । यस्तै दलिततर्फ ९६ प्रतिनिधिमध्ये ४८ दलित महिला प्रतिनिधि चयन भएका छन् । यस्तै जनसंगठनतर्फबाट कुल ८९ प्रतिनिधि चयन भएकोमा त्यसको एकतिहाई महिला प्रतिनिधि चयन भएको जिल्ला सचिव बुढाथोकीले जानकारी दिनुभयो । नेकपा एमालेको १४ औं जिल्ला अधिवेशन आउँदो जेठ ६ र ७ गते घोराहीमा हुँदैछ ।