एसएसपी कार्कीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

ByNews

२०८१ बैशाख ३१, सोमबार १९:३८ २०८१ बैशाख ३१, सोमबार १९:३८ २०८१ बैशाख ३१, सोमबार १९:३८
Spread the love

वैशाख ३१, काठमाडौँ — नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दानबहादुर कार्कीले केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सोमबार एसएसपी कार्कीलाई प्रहरीको केन्द्रीय प्रवक्ता तोकेका हुन् । यसअघि प्रवक्ता रहेका डिआइजी भीमप्रसाद ढकाल बढुवा भएर एआइजी भएपछि कार्कीलाई प्रवक्ता तोकिएको हो ।

कार्की हाल प्रहरी महानिरीक्षकको सचिवालयमै कार्यरत थिए । महानिरीक्षक कुँवरले कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिँदै प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न निर्देशन दिएका छन् ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *