Spread the love

तुलसीपुर, जेठ २ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले तुलसीपुर उद्योग वाणिज्य संघमा नयां नेतृत्व चयनकालागी हालै भएको निर्वाचन प्रक्रिया शान्तिपुर्ण एवं मर्यादित रुपमा सम्पन्न गर्न सहयोग गर्ने सवैलाइ आभार व्यक्त गरेका छन् ।

विसौं अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न नसकेपछि गएको बैसाख २९ गते निर्वाचन भएको थियो ।

अध्यक्ष चालिसेले बुधवार एक विज्ञप्ती प्रकाशित गरी तुलसीपुर उद्योग वाणिज्यसंघको अधिवेशनका क्रममा खटिने निर्वाचन संयोजक, निर्वाचनमा खटिने टोलिका कर्मचारीहरु, संघका पुर्व अध्यक्षहरु, तुलसीपुर उद्योग वाणिज्यसंघका संपुर्ण कर्मचारीहरु, उद्योग वाणिज्यसंघका संपुर्ण सदस्यहरु, सन्चारकर्मि, सुरक्षाकर्मि, राजनितिक दल, नागरीक समाज लगायत सवैलाइ हार्दिक आभार व्यक्त गरेका हुन् ।

साथै उनले नवनिर्वाचित नेतृत्व लगायत निर्वाचनमा सहभागि प्रत्यासिहरुलाइ पनि धन्यवाद ज्ञापन गरेका छन् ।

‘नेतृत्व चयनकालागी निर्वाचन एउटा लोकतान्त्रिक प्रक्रिया हो, निर्वाचनमा गैसकेपछि जितहार स्वाभाविक प्रक्रिया हुन्, यसलाइ सवैले सहज रुपमा लिन पनि आग्रह गर्र्दछु’, अध्यक्ष चालिसेद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

नवनिर्वाचित नेतृत्वलाइ बधाइ ज्ञापन गर्दै विज्ञप्तीमा तुलसीपुर उद्योग वाणिज्यसंघ संघमा आवद्ध आम व्यवसायीहरुको साझा थलो भएकाले संपुर्ण व्यवसायीहरुको मनोभावनालाइ आत्मसात गर्दै अघि बढ्न पनि नयां नेतृत्वलाइ आग्रह गरिएको छ।

तुलसीपुर उद्योग वाणिज्यसंघले यस अघिनै सन्चालन गर्दै आएका व्यवसायीक अभियान एवं सामाजिक अभियानलाइ पनि निरन्तरता दिदै नयां नेतृत्वले संघमा आवद्ध संपुर्ण व्यवसायीहरुको आन्तरीक राजश्वका समस्या, स्थानिय करका समस्या लगायतका विषयमा सधै सकारात्मक भएर सम्वोधन गर्न तथा आफ्नो कार्यकाल तथा त्यस अघि उठाएका अभियानलाइ पनि निरन्तरता दिन पनि प्रकाशित विज्ञप्तीमा आग्रह गरिएको छ ।

अधिवेशनले युवा व्यवसायी विनिल केसीको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुको विहिवार विहान पदभार ग्रहणको कार्यक्रम रहेको तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *