आगलागीबाट २० वटा सटर जलेर नष्ट

ByNews

२०८१ जेष्ठ ७, सोमबार ०८:३४ २०८१ जेष्ठ ७, सोमबार ०८:३४ २०८१ जेष्ठ ७, सोमबार ०८:३४
Spread the love

तनहुँ, ७ बैशाख । तनहुँको सदरमुकाम दमौलीको मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकको फलफूल लाइनमा रहेका करिब २० वटा सटरमा आगलागी हुदा पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ ।

तीन घण्टाको प्रयासपछि आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । विद्युत चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *