Spread the love

राजपुर(५ का वडा अध्यक्ष विष्ट माथि साधुद्वारा त्रिशूल प्रहार
देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट माथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन् ।

राजपुर ६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर वडा अध्यक्ष विष्टलाई त्रिशूल प्रहार गरेका हुन् । प्रहरीका अनुसार साधु नेपाली ५ नम्बर वडाको कोरिया गाउँको जंगलमा रहेको बाबाकुटीमा केहि महिना यता बस्दै आएको र उक्त स्थानमा भण्डारा लगाउने भन्ने विषयमा विवाद भएपछि वडा अध्यक्ष विष्ट माथि त्रिशूल प्रहार गरेको बुझिएको छ ।

त्यस्तै वडा अध्यक्ष विष्टको दाहिने कोखामा चोट लागेको र अहिले उपचारका लागि लमही अस्पतालमा भर्ना गरि उपचार भैरहेको छ । यस्तै त्रिशूल प्रहार गर्ने साधु नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जनकारी दिए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *