Spread the love

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट प्रक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम रहेको बताएका छन् । ‘मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन् ।

मिडियालाई तर्साउने गठबन्धन सरकारको कदम खेदजनक देउवा

सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न पक्राउ गरेको हो ।

गृहमन्त्रीले आफ्नो अपराध ढाकछोप गर्न सिरोहियालाई पक्राउ गरे कांग्रेस महामन्त्री थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्रीले आफ्नो अपराध ढाकछोप गर्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहियालाई पक्राउ गराएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले अध्यक्ष सिरोहियाले कानुन विपरीतको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि बदनियतापूर्ण ढंगले प्रतिशोध पूरा गर्न गरिएको बाहानामात्रै रहेको टिप्पणी गरेका छन् ।

‘प्रस्ट छु, कानुनभन्दा माथि कोही छैन र हुँदैन । गल्ती गरेको छ भने जुनसुकै तहको जोसुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागीदार हुनुर्पछ । म यसमा पनि प्रस्ट छु’ थापाले भने, ‘आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानुन विपरीतको काम गरेको भनेर पक्राउ गरिएको भनिए पनि यो बदनियत ढंगले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्रै हो । मुख्य कुरा यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरुलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो ।’

आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरंकुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै भएका हुन् भन्दै थापाले भने– हेक्का रहोस् ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *