काठमाडौँ — काभ्रेपलाञ्चोककी नर्स विधि लम्सालले ुमिस नेपाल पिस २०२४ुको शीर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा हालै सम्पन्न प्रतियोगितामा २३ सुन्दरीलाई पछि पार्दै विधिले उत्कृष्ट पर्सनालिटीसहित उपाधि जितेकी हुन् ।
विधि लम्साल बनिन् मिस नेपाल पिस २०२४
लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन् । आयोजकका अनुसार विजेता लम्सालले अब मिस ग्लोबलुमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
![](https://setobaagh.com/wp-content/uploads/2024/05/thumb-5.jpg)
यो प्रतियोगितामा भक्तपुरकी अनिसा पराजुली पहिलो उप(विजेता र सामाखुसीकी पला रेग्मी दोस्रो उप(विजेता बनिन् । नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा।सुवास आचार्य, डा। सुजिता हिराचन, डा। स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक रहेको प्रतियोगीतामा विशेष अवार्ड ुनर्स विथ व प्रपोजु मोनिका थापा मगर, मस्ट फोटोजेनिक स्किनसदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्टको उपाधि दिव्या बम ठकुरीले उचालिन् ।
सशक्त महिला सबल राष्ट्रु भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित सौन्दर्य प्रतियोगिता हो ।