छिल्लीकोटमा सञ्चालन गर्न लागेको जिपलाइन पनि पर्यटनको प्रमुख आकर्षण बन्ने अपेक्षा
तुलसीपुर उद्योग वाणिज्य संघले पश्चिम दाङमा रहेका पर्यटकीय र धार्मिक क्षेत्रहरूको प्रचार प्रसार अभियान सुरु गर्न लागेको छ । वाणिज्य संघका कार्यवाहक अध्यक्ष देब बहादुर केसीको अध्यक्षतामा बसेको बैठकले दाङ जिल्ला भरि रहेका एघार वटा संघहरूको सहकार्यमा पर्यटनको क्षेत्रलाई विकास गर्न प्रचार प्रसार अभियान सञ्चालन गर्न लागेको अध्यक्ष केसीले जानकारी दिए ।
छिल्लीकोटको मालिका कालिका, तुलसीपुरको राप्ती शान्ति उद्यान , चमेरे गुफा, त्रिसिद्धेश्वरी मन्दिर, सितलपुरमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र, सुकौराको थारू राजाको दरबार, शान्तिनगरको सुइकोट मन्दिर, बबईको पुरन्धारा झरना प्रमुख केन्द्रबिन्दुमा रहेका छन । व्यवसायिहरूले नै छिल्लीकोटमा सञ्चालन गर्न लागेको जिपलाइन पनि पर्यटनको प्रमुख आकर्षण बन्ने अपेक्षा संघले लिएको छ ।
अन्य क्षेत्रको पहिचान गरि तिनीहरूको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई कसरी आकर्षण गर्न सकिन्छ भन्नेबारे व्यापक रूपमा छलफल र संघहरूको सहकार्यमा कार्ययोजना बनाउन लागेको संघका महासचिव केशवराज केसीले जानकारी दिए ।