कोइलाबास नाका ७२ घन्टा बन्द हुने

ByNews

२०८१ जेष्ठ ११, शुक्रबार २२:०१ २०८१ जेष्ठ ११, शुक्रबार २२:०१ २०८१ जेष्ठ ११, शुक्रबार २२:०१
Spread the love

दाङको कोइलावास नाका बन्द ७२ घण्टाका लागि बन्द हुने भएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत जिल्लाको एक मात्र सीमा नाका भारतमा हुन गइ रहेको निर्वाचनका कारण बन्द हुने भएको हो ।

भारतमा हुन गइरहेको लोकसभाको निर्वाचनका कारण सीमा नाका बन्द गरिएको हो ।

अन्तर देसिय निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमा नाका बन्द हुने व्यवस्था अनुसार कोइलावास नाका जेठको १२ गते राति १२ बजेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ ।

जेठको १२ गते राति १२ बजेसम्म नेपाल–भारत सीमा क्षेत्रअन्तर्गतका सवै नाकाहरु बन्द हुने छन् । यो अबधिमा आवातजावत नगर्न समेत सर्वसाधारण नागरिकलाई अनुरोध गरिएको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *