डा. सुदीप गौतम निर्वाचन संयोजक

ByNews

२०८१ जेष्ठ ११, शुक्रबार २२:१३ २०८१ जेष्ठ ११, शुक्रबार २२:१३ २०८१ जेष्ठ ११, शुक्रबार २२:१३
Spread the love


नेपाल पत्रकार महासंघ दाङ शाखाले यही जेठ २६ गते हुने निर्वाचनका लागि शाखाका पूर्व अध्यक्ष डा। सुदीप गौतमलाई निर्वाचन संयोजक तोकेको छ ।

निर्वाचन समितिको सदस्यहरुमा अधिबक्ता हरि बेल्वासे र पूर्व सचिव भुपेन्द्रप्रकाश वलीलाई सदस्यमा चयन गरेको छ ।

दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बिहीबार बसेको बैठकले दाङ शाखाको नयाँ नेतृत्व चयनका लागि सर्वसहमतिको वातावरण निर्माण गर्न सम्पूर्ण संञ्चार संघसंगठन एवं अग्रजहरुसँग छलफल गर्ने निर्णयपनि गरेको सचिव आरके शितलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

बैठकले जेठ १३ गते कृष्ण सेन ईच्छुक स्मृति दिवश मनाउने र नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापना भएको कृष्ण सेन ईच्छुक पत्रकारिता पुरस्कार शाखाका पूर्व सचिव भुपेन्द्रप्रकाश वलीलाई प्रदान गर्ने निर्णयपनि गरेको छ ।

त्यस्तै बैठकले वैशाख ३ र ४ गते घोराहीमा आयोजना गरेको मिडिया महोत्सवको समिक्षा गर्दै महोत्सव सफल बनाउन भूमिका खेल्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखामा निर्माण गरिएको मिडिया लाईब्रेरी एवं रिसर्च सेन्टरको उद्घाटन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *