Spread the love

त्रिशिदेश्वरि राप्ती यातायात प्रा.लि प्रधान कार्यलय तुलसीपुरले राजपुर ७ हाडबासका आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेर मलमपट्टी लगाउने काम गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै प्रा.ली ले अग्नी पिडित लाई सहयोग पुगोस भन्दै पच्चिसहजा पाचसय ५५ रुपैयाँ को चेक वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर वलि लाई हस्तान्तरण गरेको हो ।

पीडित परिवारहरुलाई केहि हद सम्म भएपनी सहयोग मिलोस भनेर आर्थिक सहयोग गरेको प्रालिका प्रसासनिक सचीव नारायण प्रसाद न्यौपानेले बताए ।
तेस्तै काठमाडौ बुकिङ काउन्टरका कर्मचारी कल सिङ बिकले यो बर्षायाम सुरु भएको समयमा आगलागी बाट घरबार बिहिन परिवार लाई सहयोग मिलोस भनी पहल सुरु गरिएको बताए । कल सिङ राजपुर गाउपालिका वडा नम्बर ७ का बासिन्दा हुन ।

राहत बिरतण कार्यक्रममा आगलागी पिडित परिवार , प्रालिका तर्फ बाट लमही प्र. इन्चार्ज कृष्ण रसाइली , शाखा इन्चार्ज गोबर्धन सापकोटा , माधब पोख्रेल,झपिन्द्र वलि लगाएतको उपस्थिति रहेको थियो । साथै यस दुखको समयमा सबै लाई सहयोग गर्न प्रालिले सबैलाई अनुरोध समेत गरेको छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *